बाग्लुङ नगरपालिकाका तत्कालीन उपमेयरसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

 भदौ १९, २०७९ आइतबार १६:४३:३९ | रासस
unn.prixa.net

काठमाण्डाै – अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय टङ्गालले बाग्लुङ नगरपालिकाका तत्कालीन उपमेयरसहित पाँच जनाविरुद्ध आज आइतवार विशेष अदालतमा मुद्दा दर्ता गरको छ । 

बाग्लुङ नगरपालिकाले नदीजन्य पदार्थको कर सङ्कलनमा प्रदेश सरकारले तोकेको दरभन्दा कम दर राखी मिलेमतोमा कर उठाएर नगरपालिकालाई हानी नोक्सानी पुर्‍याएकाे भन्दै आयोगमा उजुरी परेको थियो । 

प्राप्त उजुरीमाथिको अनुसन्धानमा नगरपालिकाले ढुङ्गा, गिट्टी र बालुवाको बिक्री/वितरणका लागि सूचना प्रकाशन गर्दा र ठेक्का लगाउँदा प्रदेश सरकारले कानुनबमोजिम तोकेको दरभन्दा कम निर्धारण गरेको ठहर गर्दै आयोगले मुद्दा दर्ता गरेको हो ।

नगरपालिकाले कम दर राख्दा नेपाल सरकारलाई १७ लाख ४० हजार ६६ हानी नोक्सानी पुर्‍याइ भ्रष्टाचार गरेको पुष्टि हुन आएकाले अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन २०४८ को दफा १८ र दफा ३५ तथा भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३६ बमोजिम मुद्दा दायर गरिएको आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले बताउनुभयो । 

यस भ्रष्टाचार कार्यमा संलग्न रहेको भन्दै आयोगले बाग्लुङ नगरपालिकाका तत्कालीन उपमेयर सुरेन्द्र खड्का, तत्कालीन वडाध्यक्ष जीवन आचार्य, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत भीमबहादुर कुँवर, तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत हिमालयजिवी उपाध्याय र तत्कालीन राजस्व शाखा सदस्य सचिव काशिराम शर्मालाई विपक्षी बनाइ आरोपपत्र दायर गरेको हो ।

अन्तिम अपडेट: पुस २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया