तनहुँकाे म्याग्दे गाउँपालिकामा हलगोरु पाल्ने किसानलाई १० हजार रुपैयाँ अनुदान दिइने

 भदौ २१, २०७९ मंगलबार १३:५:४९ | रासस
unn.prixa.net

तनहुँ - म्याग्दे गाउँपालिकाले हलगोरु पाल्ने किसानलाई १० हजार रुपैयाँ अनुदान दिने भएको छ ।  पछिल्लोसमय गाउँपालिकामा हाते ट्र्याक्टरको प्रयोगले गोरुपालनलाई  विस्थापित गर्दै लगेको छ ।
  
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले किसानलाई  गोरुपालनमा प्रोत्साहन गर्न अनुदान दिने कार्यक्रम ल्याएको जानकारी दिनुभयो । यसका लागि गाउँपालिकाले हलगोरु पाल्ने किसानको तथ्याङ्क सङ्कलन गर्ने योजना समेत बनाएको उहाँले बताउनुभयो छ । गाउँपालिकाले किसानलाई आवश्यक पर्ने कृषि औजारका सामग्रीमा ५० प्रतिशत प्रदान गर्दै आएको अध्यक्ष श्रीप्रसाद श्रेष्ठले जानकारी दिनुभयो । 

त्यसैगरी गाउँपालिकाले दूध उत्पादक किसानलाई प्रोत्साहन गर्न प्रतिलिटरमा १० रुपैयाँ अनुदान दिने निर्णय गरेको छ । दूधमा गाउँपालिकालाई आत्मनिर्भर बनाउनका अनुदान दिन लागेको जनाइएको छ । यसअघि गाउँपालिकाले प्रतिलिटर पाँच रुपैयाँ अनुदान दिँदैआएको थियो । 

सहकारी आबद्व भएका दुग्ध किसानको तथ्याङ्क सङ्कलन गर्ने कार्यलाई पनि अघि बढाइएको अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो । गाउँपालिकाले सुत्केरी, गरिब र विपन्न परिवारलाई निःशुल्क एम्बुलेन्स सेवा दिने निर्णय गरेको छ । सेवा लिनका लागि सम्बन्धित वडाबाट सिफारिस गर्नुपर्ने प्रावधान रहेको जनाइएको छ । 

अन्तिम अपडेट: पुस २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया