साफ यू–१७ : भारतलाई ३–१ ले हराउँदै नेपाल समूह विजेता बन्याे

 भदौ २४, २०७९ शुक्रबार १७:४१:६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – १७ वर्षमुनिको साफ च्याम्पियनशिप फुटबलमा नेपालले भारतलाई हराएकाे छ । श्रीलङ्काको कोलम्बोको रेस कोर्स मैदानमा भएकाे खेलमा नेपालले भारतलाई तीन–एक गाेलले हरायाे । 

नेपालकाे जितमा सराेज दर्लामी, उनेश बुढाथाेकी र सुवास बमले एक–एक गाेल गरे । भारतका लागि ड्यानी मेतीले गाेल गरे । एक–शून्यले पछि परेकाे अवस्थामा नेपालले उत्कृष्ट पुनरागमन गरेकाे हाे । 

याे जितसँगै समूह 'बी' मा नेपाल दुई खेलमा ६ अङ्कसहित समूह विजेता बनेकाे छ भने भारत दुई खेलमा तीन अङ्क जाेडर उपविजेता बनेकाे छ । दुवै टाेली सेमिफाइनल प्रवेश गरेका छन् । 

यसअघि नेपालले पहिलो खेलमा भुटानलाई दुई-एक गोलले हराएको थियो । भारतले पनि भुटानलाई तीन-शून्य गाेलले हराएको थियो । दुवै खेल हारेकाे भुटान भने प्रतियाेगिताबाट बाहिर भइसकेकाे छ ।

यस्तै आजै हुने दोस्रो खेलमा बेलुका श्रीलङ्का र माल्दिभ्स खेल्दैछन् । अब नेपालले सेमिफाइनलमा आउँदाे साेमवार श्रीलङ्का वा माल्दिभ्सबीचकाे खेलकाे विजेतासँग खेल्नेछ । भारतले भने सेमिफाइनलमा सोमवार नै समूह ‘ए’ को विजेता बङ्गलादेशसँग खेल्नेछ । 

अन्तिम अपडेट: जेठ १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया