कास्कीमा पाडी–बाच्छी हुर्काउने किसानलाई दश हजार रुपैयाँ दिइने

 भदौ २५, २०७९ शनिबार १७:२१:२४ | रासस
unn.prixa.net

फाइल फाेटाे

कास्की - कास्की जिल्लालाई दूधमा आत्मनिर्भर बनाउने लक्ष्यकासाथ यहाँका नौवटा दुग्ध सहकारीलाई प्रोत्साहन रकम वितरण गरिएको छ। 

उत्पादनमा आधारित प्रोत्साहन कार्यक्रमअन्तर्गत भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले कास्कीका नौवटा दुग्ध सहकारीलाई प्रोत्साहन कार्यक्रमअन्तर्गत ४४ लाख ४६ हजार रुपैयाँ वितरण गरिएको हो । पन्ध्र सहकारीले आवेदन दिएकामा नौवटा दुग्ध सहकारी छनोटमा परेको केन्द्रका प्रमुख केदार पाण्डेले जानकारी दिनुभयो । 

नौवटा सहकारीले उत्पादन गरेको १७ लाख ७८ हजार लिटर दूधमा प्रतिलिटर २ रुपैयाँ ५० पैसाका दरले ४४ लाख ४६ हजार रुपैयाँ वितरण गरिएको उहाँको भनाइ थियो । त्यसैगरी आर्थिक वर्ष ०७८/७९ मा पाडी–बाच्छी हुर्काउन प्रोत्साहन सहयोग कार्यक्रमअन्तर्गत जिल्लामा ४१ लाख रुपैयाँ वितरण गरिएको कार्यालयले जनाएको छ । 

पोखराको ३३ नं वडा र कास्कीको अन्नपूर्ण गाउँपालिकालाई लक्षित गरी कृत्रिम गर्भाधानबाट जन्मिएका उन्नत पाडी–बाच्छी हुर्काउने  ३ सय ५५  किसानका ४ सय १० वटा पाडी–बाच्छीलाई १० हजार रुपैयाँका दरले  ४१ लाख रुपैयाँ प्रोत्साहन सहयोग रकम प्रदान गरिएको यस कार्यालयका अधिकृत सहदेव पौडेलले बताउनुभयो । 

पाडी–बाच्छीका लागि पाँच सय किसानले आवेदन दिएकामा ३ सय ५५ किसान छनोटमा परेका थिए । साना व्यावसायिक फार्म स्थापना तथा विस्तारका लागि यस कार्यालयले विभिन्न ६४ बाख्रा फार्मलाई ११ लाख सहयोग गरेको र वार्षिक ४३ लाख रुपैयाँ पुर्याउने लक्ष्य राखिएको बताइएको छ। 

अन्तिम अपडेट: पुस २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया