‘इन्टु मिन्टु लण्डनमा’ काे टिमले नयाँ चलचित्र ‘आईएम २१’ बनाउने

 असोज १२, २०७५ शुक्रबार १८:५८:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – इन्टु मिन्टु लण्डनमा’ अहिले सफल प्रदर्शन गरिरहेको छ ।

हालै मात्र यस चलचित्रले विदेशमा प्रदर्शन गर्ने निर्णय गरेको छ । निर्देशक रेनशा बान्तवा राइका अनुसार चलचित्रले मंगलबारसम्ममा घरेलु बजारबाट ३ करोड ३० लाख ग्रस कलेक्सन गरिसकेको छ । 

यसैबीच चलचित्र निर्माण टिमले ‘इन्टु मिन्टु लण्डनमा’ को सक्सेस पार्टी मनाएको छ । निर्माण टिमले पत्रकारहरुको साथमा केक काटेर खुसियली मनाएको हो ।
सक्सेस पार्टीमा निर्देशक रेनाशासँगै निर्माता प्रज्वल, अभिनेताद्वय धिरज मगर र सारुक ताम्राकार उपस्थित थिए भने चलचित्रकी अभिनेत्री साम्राज्ञी भने अनुपस्थित थिइन् ।

यसैबीच चलचित्र निर्माण टिमले नयाँ चलचित्र निर्माणको घोषणा गरेको छ । चलचित्र सक्सेस पार्टिमा निर्माता प्रज्वलले सोहि ब्यानरबाट निर्माण हुने दोस्रो चलचित्र ‘आईएम २१’ घोषणा गरे । 

चलचित्रको बारेमा बाँकी जानकारी भने केही दिनपछि मात्र दिइने बताइएको छ । 

निर्माण हुन लागेको चलचित्रमा ‘इन्टु मिन्टु लण्डनमा’ का डेव्यु नायक धिरज मगर नै लिड रोलमा रहन सक्ने प्रबल सम्भावना रहेको निर्देशक रेनशा वान्तवा राईले बताइन् ।

धिरज मगरसँग चलचित्र निर्माण टिमले अन्य २ चलचित्रहरुका लागि सम्झौता गरिसकेको बताइएको छ ।  

यही टिमले चलचित्रको निर्माण गर्ने भए पनि अब बन्ने चलचित्रलाई रेनशाले नै निर्देशन गर्छिन् वा गर्दिनन् भन्ने कुराको औपचारिक जानकारी केही समयपछि मात्रै थाहा हुने बताइएको छ । 

निर्माण हुने चलचित्रको रिलिज भने अर्को वर्षको दशैंको आसपासमा गर्नसक्ने बताइएको छ । 

अन्तिम अपडेट: बैशाख २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • Anmol garbuja

    Sept. 29, 2018, 11:09 p.m.

    Good news. Keep it up dhiraj . Next film ma pni dhiraj nai vay better .

  •  0 Reply

तपाईको प्रतिक्रिया