नारायणगढ–मुग्लिन तथा बुटबल सडकखण्डमा गाडी सामान्य

 असोज १९, २०७९ बुधबार १०:३०:३ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ – नारायणगढ–मुग्लिन तथा बुटबल सडकखण्डमा अहिले सामान्य रुपमा गाडी चलिरहेका छन् ।

पानी पर्नासाथ पहिरो जाने यो सडकखण्डमा आज गाडी सामान्य रुपमा चलेका ट्राफिक प्रहरीले जनाएको छ ।

चितवन आसपासमा हिजो बेलुका पानी परेको थियो । अहिले पानी परेको छैन । यो सडक खण्डमा केही वर्षअघि ठाउँठाउँमा पहिरो खसेर समस्या भएपछि पूरै सडकखण्डलाई विस्तार र पहिरो नियन्त्रण कार्य गरिएको थियो । ती ठाउँमा अहिले पानी परेपछि पहिरो खस्ने गरेको छ ।

नारायणगढ–मुग्लिन सडकमा सामान्य अवस्थामा दैनिक १० हजारको संख्यामा गाडी आवतजावत गर्ने गर्छन् । यसैबीच रातिदेखि परेको ठूलो वर्षाका कारण काठमाण्डौ उपत्यकाका सडक जलमग्न भएका छन् । सडकका ठाउँ ठाउँमा पानी जमेको छ । काठमाण्डौसहित देशभर नै रातिदेखि पानी परिरहेको छ ।

अन्तिम अपडेट: बैशाख २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया