मुग्लिन–नारायणगढ सडक खुल्याे

 असोज २०, २०७९ बिहिबार १९:३४:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

चितवन – पहिराे खसेर बन्द भएकाे मुग्लिन–नारायणगढ सडक खण्ड सञ्चालनमा आएकाे छ । भरतपुर महानगरपालिका २९ काे केराबारी र अठार किलाेमा खसेकाे पहिराे हटाएर केही बेरअघि सडक दुईतर्फी खुलाइएकाे जिल्ला प्रहरी कार्यालय चितवनले जनाएकाे छ।  

केराबारीको पहिरो ६ बजे र अठार किलाेकाे पहिराे साढे ६ बजे हटाएर बाटो खुलाइएको प्रहरीले जनाएको छ । १८ किलोमा लेदोसहितको पहिरो खसेको थियो । यसअघि आज बिहान सवा ८ बजेको समयमा भरतपुर महानगरपालिका २९ काे सत्र किलो भन्ने ठाउँमा लेदोसहित पहिरो खसेपछि दुईतर्फी बाटो बन्द भएको थियो ।

यस सडक खण्डमा लगातार पहिराे खसिरहेकाले पहिराे पूर्णरूपमा पन्छाउन समस्या भइरहेकाे छ । पहिराे हटाएर गाडी सञ्चालनमा ल्याउने गरेकाे भए पनि फेरि अर्काे ठाउँमा पहिराे खसेर सडक बन्द हुने गरेकाे छ । 

लगातारको वर्षाका कारण पहिरो खस्दा केही राष्ट्रिय राजमार्ग र विभिन्न जिल्लाका ग्रामीण सडकहरू बन्द भएका छन् । राष्ट्रिय सडक र राजमार्गहरूमा भएको अवरोध केही समयमा हटाउने गरेको भए पनि ग्रामीण तथा शाखा सडकहरू बन्द रहेका छन् । 

तस्बिर : अनु पुर्कुटीकाे फेसबुकबाट 

अन्तिम अपडेट: बैशाख २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया