दक्षिण अफ्रिकासँगको दोस्रो एकदिवसीय क्रिकेटमा भारत ७ विकेटले विजयी

 असोज २४, २०७९ सोमबार ७:९:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - दक्षिण अफ्रिकासँगको दोस्रो एकदिवसीय क्रिकेटमा भारत ७ विकेटले विजयी भएको छ । राँचीमा गएरााति भएको खेलमा भारतले दक्षिण अफ्रिकालाई ७ विकेटले हराएको हो । जितसँगै तीन खेलको एकदिवसीय शृङ्खलामा भारतले १–१ को बराबरी बनाएको छ ।

दक्षिण अफ्रिकाले दिएको २ सय ७९ रनको लक्ष्य भारतले ४५ ओभर ५ बलमा ३ विकेट गुमाएर भेट्टायो । भारतका लागि श्रेयस ऐयरले १ सय १३ रनको शतकीय पारी खेले भने इशान किशनले ९३ रनको अर्धशतकीय पारी खेले ।

यस्तै, सञ्जु सामसनले ३०, शुभमन गिलले २८ र शिखर धवनले १३ रन बनाए । दक्षिण अफ्रिकाका बोर्न फोर्टुन, वायन प्रनिल र कागिसो राबडाले समान १/१ विकेट लिए । त्यसअघि पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले ५० ओभरमा ७ विकेट गुमाएर २ सय ७८ रन बनाएको थियो ।

दक्षिण अफ्रिकाका लागि एडम मार्क्रमले ७९ र रिजा हेनरिकले ७४ रनको अर्धशतकीय पारी खेले । यस्तै, डेबिड मिलरले अविजित ३५, हेन्रिच क्लासेनले ३०, जानेमन मालनले २५ र वायन प्रनिलले १६ रन बनाए । भारतका लागि मोहम्मद सिराजले ३ विकेट लिए भने वासिङ्गटन सुन्दर, शाहबाज अहमद, कुलदीप यादव र शार्दुल ठाकुरले समान १/१ विकेट लिए ।

दुई टोलीबीचको तेस्रो तथा निर्णायक एकदिवसीय खेल भोलि हुनेछ ।
 

अन्तिम अपडेट: जेठ ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया