राप्ती स्वास्थ विज्ञान प्रतिष्ठानमा छिट्टै शैक्षिक कार्यक्रम शुरु गरिने

 असोज २९, २०७९ शनिबार १७:४६:२ | हेमराज शर्मा
unn.prixa.net

दाङ – दाङको घोराहीमा रहेको राप्ती स्वास्थ विज्ञान प्रतिष्ठानमा छिट्टै शैक्षिक कार्यक्रम शुरु  गरिने भएको छ । राप्ती स्वास्थ विज्ञान प्रतिष्ठानको आज भएको पाँचौ वार्षिकोत्सव समारोहमा बोल्दै स्वास्थ तथा जनसंख्या मन्त्रालयका सचीव डा. रोशन पोख्रेलले प्रतिष्ठानमा अब छिट्टै शैक्षिक कार्यक्रम शुरु गर्नका लागि मन्त्रालयले आवश्यक तयारी गरिरहेको बताउनुभयो ।

'अस्पताल मैले निरीक्षण गरेँ, सेवा विस्तार र गुणस्तरीय भएको छ', डा. पोख्रेलले भन्नुभयो, 'स्थापनाको पाँचौ वर्षमा आइपुग्दा अब शैक्षिक कार्यक्रम शुरु गर्नका लागि मन्त्रालय आवश्यक कार्य गरिरहेको छ ।'

तीन सय शय्याबाट सेवा दिइरहेको प्रतिष्ठानको सेवा गुणस्तरीय सेवा प्रदान गरिरहेको भन्दै उपकुलपति डा विकास लामिछानेले अब छिटोभन्दा छिटो शैक्षिक कार्यक्रम शुरु गरिने बताउनुभयो । 

यस्तै, घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले उपचारात्मक सेवालाई गुणस्तरीय बनाउँदै शैक्षिक कार्यक्रम शुरु गर्न नगरपालिकाले सहयोग गर्ने बताउनुभयो । तुल्सिपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्काले अब दाङमै डाक्टर र नर्सको पढाइ हुने गरि प्रतिष्ठानलाई मेडिकल कलेजका रुपमा विकास गर्नुपर्नेमा जोड दिनुभयो ।

अन्तिम अपडेट: जेठ १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया