प्रधानमन्त्री कपमा पुलिसले बाग्मतीलाई १ सय ९२ रनले हरायाे

 कात्तिक १३, २०७९ आइतबार १६:४१:९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – छैटौँ प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबले बाग्मती प्रदेशलाई हराउँदै विजयी सुरुवात गरेको छ ।

मूलपानी क्रिकेट मैदानमा आज आइतवार भएकाे खेलमा पुलिसले बाग्मती प्रदेशलाई १ सय ९२ रनको फराकिलो अन्तरले हराएको छ । पुलिसले दिएको २ सय ९० रनको लक्ष्य पछ्याएको बाग्मतीले २८ ओभरमा अलआउट हुँदै ९७ रनमात्र बनाउन सक्यो । उसका इशान पाण्डेले सर्वाधिक २४ रन बनाए । यस्तै रामनरेश गिरीले नटआउट २२ रन बनाए । बलिङतर्फ पुलिसका दीपेन्द्रसिंह ऐरीले ३ तथा करण केसी, गुलसन झा र सागर ढकालले २/२ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पुलिसले ५० ओभरमा ५ विकेट गुमाएर २ सय ८९ रन बनाएको थियो । पुलिसका लागि दीपेन्द्रसिंह ऐरीले १ सय ८ रनको शतकीय पारी खेले । यस्तै कुशल भुर्तेल र सुनिल धमलाले समान ३७ रन बनाए । आरिफ शेखले ३६ र योगेन्द्रसिंह कार्कीले १६ रन बनाए । बलिङतर्फ बाग्मतीका नन्दन यादवले दुई विकेट लिए । जितसँगै समूह 'बी' मा रहेको पुलिस दुई अङ्कसहित शीर्ष स्थानमा उक्लिएकाे छ ।

अन्तिम अपडेट: जेठ ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया