शोकको घडीमा कलाकारको हाँसो, बने ट्राेलको शिकार

 असोज १८, २०७५ बिहिबार ८:३:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

बलिउड फिल्म उद्योगमा यदि कसैको मृत्यु भएमा बलिउडका कलाकारहरु सेतो पहिरनमा श्रद्धाञ्जली दिन उपस्थित भइहाल्छन् । तर कहिलेकाहीँ सेतो पहिरनमा शोक मनाउन पुगेका कलाकारहरुको क्रियाकलापका कारण उनीहरुमाथि कैयौँ प्रश्न उठ्ने गर्छन् । 

केही दिनअघि बलिउडका अभिनेता तथा निर्देशक राज कपूरकी श्रीमती कृष्णराज कपूरको मृत्यु भएको थियो । कृष्णराज कपूरको मृत्यसँगै बलिउडमा कपूर खानदानको पहिलो पुस्ताको अन्त्य भएको छ । कृष्णराज कपूरको अन्तिम संस्कारमा बलिउडका सुपरस्टार कलाकारहरु उपस्थित भएका थिए । यसैबीच आमिर खान, करण जोहर र रानी मुखर्जी पनि उपस्थित भएका थिए । यी तीनैजनाको एक भिडियो सार्वजनिक भएको छ ।

 
भिडियोमा आमिर खान, रानी मुखर्जी र करण जोहर एकअर्कासँग कुराकानी गर्दै हाँसिरहेका देखिन्छन् । यो भिडियो सार्वजनिक भएसँगै ट्रोलरहरुले यी तीनै कलाकारलाई ट्रोल गर्न सुरु गरेका छन् । आमिर, रानी र करणलाई कसैको मृत्यु हुँदा यस किसिमको व्यवहार गर्न नहुने भन्दै आलोचना गरेका छन् । साथै उनीहरुमाथि ‘कमन सेन्स’ भन्ने कुरा नरहेको भन्दै आपत्ति जनाएका छन् । 

 

अक्टोबर १ मा राज कपूरकी श्रीमती कृष्णाराज कपूरको कार्डीयक अरेस्टका कारण ८७ वर्षको उमेरमा निधन भएको थियो । कृष्णा राज कपूरका ३ छोरा मध्ये रणधिर कपूर र राजिव कपूरलगायत आफन्तजन र बलिउडका अधिकांश कलाकारहरु अन्तिम संस्कारमा उपस्थित थिए ।

तर ऋषि कपूर उनकी पत्नी नीतु कपूर र रणवीर कपूर अन्तिम संस्कारमा उपस्थित हुन सकेनन् । आमा कृष्णा राज कपूरको मृत्य हुनु केही दिन अगाडि ऋषि कपूर आफ्नोे स्वास्थ्य उपचारका लागि परिवारसहित अमेरिका गएका थिए । रणवीर कपूरकी प्रेमिका आलिया भट्ट भने यस दुःखद घडीमा कपूर परिवारका साथमा थिइन् । 

अन्तिम अपडेट: बैशाख २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया