‘चङ्गा चेट’को पोस्टर सार्वजनिक

 असोज १९, २०७५ शुक्रबार १३:३६:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

चलचित्र ‘चङ्गा चेट’को अफिसियल पोस्टर सार्वजनिक भएको छ । सार्वजनिक पोस्टरमा एक व्यक्तिले चंगा उडाइरहेका छन्  । उसले उडाएको चंगामा चलचित्रका मुख्यकलाकारहरु आयुष्मानदेशराज जोशी, प्रियंका कार्की, परमिता आरएल राणा, रविन्द्र झा, सुरक्षा पन्त, सन्दीप क्षेत्री र शिशिर बाङदेलको तस्बिर देखाइएको छ । 

एक जना व्यक्ति कैंची लिएर हाँसिरहेका छन्, पोस्टर हेर्दा लाग्छ उनि त्यस चंगामा गासिएको डोरी काट्ने तयारीमा छन् । चलचित्रको मुल कथालाई एउटा पोस्टरमा प्रस्तुत गर्ने प्रयास गरिएको चलचित्रका निर्देशक दीपेन्द्र के खनालले बताए । अबको केही दिन भित्रमै चलचित्रको ट्रेलरसमेत  सार्वजनिक गर्ने तयारी भइरहेको बताइएको छ । 

चलचित्रमा समावेश गोजीमा दाम छैन बोलको गीत यति बेला चर्चामा छ । माधववाग्ले र शर्मिला पाण्डेले चलचित्रको निर्माण गरेका हुन् । चलचित्रमा अर्जुन पोखरेलको संगीत रहेको छ भने निरक कँडेलको छायांकन छ । चलचित्रको सम्पादन दीर्घ खड्काले गरेका हुन् । 

चलचित्रको कथा प्रदीप भारद्वाजले लेखेका हुन् । आयुष्मान देशराज जोशी, प्रियंका कार्की, परमिता आरएल राणा, रविन्द्र झा, सुरक्षापन्त, सन्दीप क्षेत्री र शिशिर बाङदेलको प्रमुख भूमिका रहेको छ भने निश्चल बस्नेत, बेनिशा हमाल र ऋचा शर्मा को पनि विशेष भूमिका रहेको बताइएको छ । चलचित्र कात्तिक १६ गतेबाट अल नेपाल प्रदर्शनको तयारीमा छ । यस अघि दीपेन्द्र के खनाल निर्देशित चलचित्र पशुपति प्रसादलाई दर्शकले रुचाएका थिए ।

– उज्यालाे र गफगाफ डटकमकाे सहकार्य 

अन्तिम अपडेट: बैशाख १२, २०८१

तपाईको प्रतिक्रिया