पश्चिम नवलपरासीकाे प्रतापपुरमा ४ बिघा ८ कट्ठा उखु खेतीमा आगलागी

 मंसिर १८, २०७९ आइतबार १६:२२:१९ | बृजराज कुशवाह
unn.prixa.net

नवलपरासी – पश्चिम नवलपरासीकाे प्रतापपुरमा उखु खेतीमा आगलागी भएकाे छ । आज आइतवार प्रतापपुर गाउँपालिका ५ काे बेतहानीमा दिउँसाे २ बजेतिर आगलागी हुँदा सात जना किसानकाे खेतमा काट्न तयार रहेकाे उखु जलेर नष्ट भएकाे इलाका प्रहरी कार्यालय बेलाटारीका प्रहरी निरीक्षक नवराज केसीले जानकारी दिनुभएकाे । 

आगलागीले बेतहानी गाउँकाे पश्चिमतर्फकाे क्षेत्रमा रहेकाे बेलास सिंह, भिकारी कुर्मी, जुगुल गुप्ता, रामदुलारे लाेनिया, सञ्जय पासी, रबिन्द्र पासी र महेन्द्र पासीकाे खेतकाे उखुमा क्षति पुगेकाे छ । चार बिघा आठ कट्ठा क्षेत्रकाे उखु नष्ट हुँदा १२ लाख ९० हजार रुपैयाँ बराबरकाे क्षति भएकाे प्रहरीकाे प्रारम्भिक अनुमान छ । 

उखुबारीमा लागेकाे आगाे स्थानीयवासी र प्रहरीकाे सहयाेगमा निभाइएकाे छ । आगलागीकाे कारणबारे अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ ।

अन्तिम अपडेट: बैशाख २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

बृजराज कुशवाह

बृजराज कुशवाह नवलपरासी सुस्ता पश्चिमका उज्यालो सहकर्मी हुनुहुन्छ । 

 

तपाईको प्रतिक्रिया