किसानलाई ४८ करोड रुपैयाँ भुक्तानी गरेको 'डीडीसी' काे दाबी
बैशाख १४, २०८१ शुक्रबार
काठमाडौं – नेपाल कम्युनिष्ट पार्टीका सचिवालय सदस्य वामदेव गौतमले आफूले प्युठानबाट चुनाव जित्ने मौका गुमाएको बताउनुभएको ।
प्युठान–काठमाडौं सम्पर्क मञ्चले पेरिसडाँडामा गरेको शुभकामना तथा कार्यक्रममा नेकपाका सचिवालय सदस्य वामदेव गौतमले आफूले प्युठानबाट चुनाव लडेको भए जित्ने दाबी गर्दै प्युठानबाट निर्वाचित हुने अवसर गुमेको बताउनुभयो । ‘मैले प्युठानबाट निर्वाचित हुने मौका गुमाएको छु, तर मैले प्युठानको लागि गरेका बाचा भुलेको छैन’, गौतमले भन्नुभयो ।
नेता गौतमले आफूले २०७० सालको चुनावमा प्युठानको लागि गरेको बाचा ५० प्रतिशत पूरा भएको र बाँकी यही सरकारका पालामा पूरा गरिने बताउनुभयो ।
२०७० सालको चुनावमा प्युठान क्षेत्र नम्बर १ र बर्दिया, दुवै ठाउँबाट गौतमले जित्नुभएकाे थियो ।
नेकपाका केन्द्रिय सदस्य विजय गुरुङ, सांसद कृष्णध्वज खड्का, युवा नेता भोजविक्रम बुढालगायतले पार्टीको तल्लो तहसम्मको एकता प्रक्रियालाई चाँडो टुङ्ग्याई नागरिकको समृद्धिको अपेक्षालाई सार्थक तुल्याउन नेतृत्व वर्ग र सरकार केन्द्रीत हुनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा प्युठान जिल्लाबाट प्रतिनिधित्व गर्ने विभिन्न नेता तथा कार्यकर्ताको उपस्थिति थियो ।