घुससहित बौद्ध प्रहरी प्रमुख पक्राउ

 असोज २०, २०७५ आइतबार ५:४०:८ | रासस

काठमाडौं - अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महानगरीय प्रहरी वृत्त बौद्धका प्रमुख एवं प्रहरी नायब उपरीक्षक श्यामकुमार राईलाई  एक लाख ४० हजार रुपैयाँ घुससहित पक्राउ गरेको छ । 

आयोगको टोलीले राईलाई शनिबार साँझ ८ बजे घुस रकमसहित कार्यालयबाटै पक्राउ गरेको हो । आयोगका प्रवक्ता रामेश्वर दङ्गालले प्रहरी नायब उपरीक्षक पक्राउ परेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “एक व्यवसायीबाट घुस लिँदालिँदै आयोगको टोलीले पक्राउ गरेको हो, यसबारे थप अनुसन्धान भइरहेको छ ।” 

अन्तिम अपडेट: बैशाख १४, २०८१

तपाईको प्रतिक्रिया