पाँचथर : ऐतिहासिक सुम्हालुङ गढीको प्रवर्द्धन गर्न चासोक मेला

 पुस १४, २०७९ बिहिबार २०:२६:२२ | उपेन्द्र येक्तेन
unn.prixa.net

पाँचथर – पाँचथरको फिदिम नगरपालिका ४ मा रहेकाे पर्यटकीय एवम् ऐतिहासिक स्थल सुम्हालुङ गढीको प्रवर्द्धनका लागि चासोक मेला सुरु भएको छ । यो क्षेत्र धार्मिक पर्यटनको दृष्टिकोणले महत्त्वपूर्ण मानिन्छ ।

हिजाे बुधवारदेखि सुरु भएको चासोक मेला यही पुस २३ गतेसम्म सञ्चालन हुने छ । पूर्वी नेपालमा बसोवार गर्ने लिम्बू जातिको महान् चाड चासोक तङ्नामको अवसरमा यहाँ बर्सेनि मेला लाग्ने गर्दछ ।

नेपाली भाषामा 'चासोक' को शाब्दिक अर्थ न्वागी र 'तङ्नाम' को अर्थ चाडपर्व भन्ने बुझिन्छ । यतिखेर लिम्बू समुदायले चासोक र तङ्नाम पनि मनाइरहेका छन् ।

सुम्हालुङ गढीको प्रवर्द्धनका लागि आयोजना गरिएको मेलामा सुम्हालुङ मिनी म्यारथन, केःलाङ् (च्याब्रुङ नाच), यालाङ् (धान नाच), पलुङ् लेप्मा (छेलो हान्ने) जस्ता मनोरञ्जन र खेलकुदका कार्यक्रमहरू आयोजना हुने आयोजक संस्था सुम्जिरि सुम्हात्लुङ आम्बेपज विकास प्रतिष्ठानका अध्यक्ष दिलबहादुर लावतीले जानकारी दिनुभयो । 

मेलामा विभिन्न जात–जातिको परम्परागत खानाका परिकारहरूको स्वाद तथा अवलोकन गर्न सकिनेछ । मेलामा पूर्वी पहाडका विभिन्न जिल्लाका साथै छिमेकी देश भारतको दार्जिलिङ र सिक्किमबाट पनि मानिसहरू आउने आयोजकले जनाएको छ ।

सुम्हालुङ गढी र लिम्बू समुदायको धार्मिक तथा सांस्कृतिक महत्त्व जोडिएको छ । तत्कालीन समयमा क्रुर शासकहरूविरुद्ध दश लिम्बूहरू यस क्षेत्रमा भेला भएर तीन वटा ढुङ्गाको चुलो गाढेको र कसम खाएर युद्ध सरु गरेको इतिहासमा पाइन्छ । त्यसपछि क्रुर शासकहरूविरुद्ध युद्ध लडेका दश लिम्बूहरू विजयी भएका भन्ने इतिहासमा पाइन्छ ।

अन्तिम अपडेट: बैशाख १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

उपेन्द्र येक्तेन

पाँचथरका उज्यालो सहकर्मी उपेन्द्र येक्तेन इगल एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया