जाजरकोट महोत्सवको चौथो दिन २ करोड रुपैयाँको कारोबार

 पुस १५, २०७९ शुक्रबार ६:४२:२४ | बालकुमार शर्मा
unn.prixa.net

महोत्सव अवलोकन गर्न आएका दर्शक । तस्बिर : बालकुमार शर्मा, उज्यालो ।

जाजरकोट – चौथो जाजरकोट महोत्सवको चौथो दिन (बिहीवार) दुई करोड रुपैयाँभन्दा धेरैको कारोबार भएको छ । सदरमुकाम खलङ्गामा पुस ११ गतेदेखि सुरु भएको महोत्सवमा बिहीवार होटल, व्यापार–व्यवसायबाट दुई करोड रुपैयाँभन्दा धेरैको कारोबार भएको आयोजक समितिले जनाएको छ ।

'कर्णाली समृद्धिको आधार : पर्यटन विकास र पूर्वाधार' भन्ने नाराका साथ कृषि  पर्यटन, कला संस्कृति वातावरण तथा औद्योगिक मेलाको रूपमा सञ्चालन भएको महोत्सवको बिहीवारमात्रै १० हजार जनाभन्दा बढीले अवलोकन गरेका थिए ।

महोत्सव हेर्न आएकाबाट जाजरकोट उद्योग वाणिज्य सङ्घले टिकटबाट मात्रै सात लाख रुपैयाँभन्दा बढी आम्दानी गरेको जाजरकोट उद्योग वाणिज्य सङ्घका महासचिव मोहन खड्काले बताउनुभयो । खलङ्गा बजारमा यतिबेला होटलमा  कोठा पाउनै मुस्किल छ । सदरमुकामका होटल व्यवसायीलाई महोत्सवबाट प्रत्यक्ष फाइदा पुगेको जाजरकोट उद्योग वाणिज्य सङ्घका अध्यक्ष रमेश केसीले बताउनुभयो । 

त्रिभुवन माध्यमिक विद्यालयको प्राङ्गणमा सञ्चालित महोत्सव हेर्न आउनेको निकै भिड हुने गरेको छ । भिडलाई व्यवस्थापन गर्न सुरक्षाकर्मीलाई भ्याइनभ्याइ हुन्छ । महाेत्सवमा स्थानीय परिकार सिस्नु रोटीका साथै रैथाने बालीका विभिन्न परिकारका स्टल रहेकाे छ ।

महाेत्सवकाे चौथो दिन चर्चित गायक रामजी खाँण र शान्ति श्री परियारले दर्शकलाई मनोरञ्जन दिनुभएको थियो । पालिका सरकार बनेपछि ठूलो मात्रामा आन्तरिक पर्यटन भित्र्याउन पाउँदा निकै खुसी भएको अध्यक्ष केसीले बताउनुभयाे ।

महोत्सव पुस १७ गतेसम्म सञ्चालन हुने छ । दैनिक पाँचदेखि १० हजारकाे हाराहारीमा मानिस आउने गरेका आयाेजकले जनाएकाे छ । महाेत्सव हेर्न सल्यान, रुकुम, सुर्खेत, नेपालगञ्ज लगायतका जिल्लाबाट पनि मानिस आउने गरेका छन् ।

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

बालकुमार शर्मा

बालकुमार शर्मा जाजरकोटका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया