बेनी–जोमसोम–कोरला सडक योजनाको राष्ट्रिय सभा अध्यक्षद्वारा अनुगमन

 पुस १७, २०७९ आइतबार २०:९:३ | उज्यालो सहकर्मी
unn.prixa.net

म्याग्दी – राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बेनी–जोमसोम–कोरला सडक योजनाको अनुगमन गर्नुभएको छ । अध्यक्ष तिमिल्सिनाले राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको कालीगण्डकी काेरिडोरअन्तर्गत पर्ने बेनी–जोमसोम–कोरला सडक खण्डको अनुगमन गर्नुभएको हो । 

बेनी–जोमसोम–कोरला सडक योजनाको अनुगमन गर्दै अध्यक्ष तिमिल्सिनाले समयमै सडक स्तरोन्नतिको काम सक्न योजना प्रमुखलाई निर्देशन दिनुभयो । उहाँले दुई छिमेकी देश चीन र भारतलाई जोड्ने नेपालको सबैभन्दा छोटो सडक खण्ड बेनी–जोमसोम–कोरला रहेको बताउँदै सडक स्तरोन्नतिको काम सकेर सञ्चालन गर्न सके यसले त्रिदेशीय व्यापार व्यवसायमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । 

अध्यक्ष तिमिल्सिना नेतृत्वको टोलीले पछिल्लो तीन दिन (बिहीवार–शनिवार) सम्म कालीगण्डकी काेरिडोरअन्तर्गत पर्वतको मालढुङ्गदेखि म्याग्दीको बेनी खण्ड र बेनीदेखि मुस्ताङको कोरला नाकासम्मको सडक अनुगमन गरेको थियो । आर्थिक वर्ष २०७३/०७४ बाट स्तरोन्नतिको काम सुरु भएको बेनी–जोमसोम–कोरला सडक खण्डको मुस्ताङ खण्डमा झन्डै ७० प्रतिशतभन्दा धेरै काम सकिएको छ । 

अहिले म्याग्दी खण्डमा सडक स्तरोन्नतिको काम चलिरहेकाे बेनी–जोमसोम–कोरला सडक योजनाका प्रमुख जगत प्रजापतिले जानकारी दिनुभयो । चालु आर्थिक वर्षकाे असार मसान्तभित्र सडक स्तरोन्नति र कालोपत्रको काम सकिने बेनी–जोमसोम–कोरला सडक योजनाले जनाएको छ । 

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया