कंगनाको आरोपपछि ऋतिक रोशनले पनि छोडे विकास बहलको साथ

 असोज २३, २०७५ मंगलबार १८:४०:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

भारतमा राष्ट्रिय पुरस्कार प्राप्त गर्न सफल फिल्म ‘क्वीन’ निर्देशन गरेका निर्देशक विकास बहलमाथि अभिनेत्री कंगना रनावतले यौन शोषणको आरोप लगाएकी छिन् । कंगनाबाहेक फ्यान्टम फिल्मस्की  एक महिला कर्मचारीले पनि विकास बहलले आफूमाथि यौन दुव्र्यवहार गरेको आरोप लगाएकी छिन् । 

अहिले अभिनेता ऋतिक रोशनलेसमेत विकास बहलका बारेमा बयान दिएका छन् । ऋतिक रोशनले दिएको बयान यतिबेला चर्चामा किनकी उनी विकास बहलको निर्देशनमा बनिरहेको फिल्म ‘सुपर ३०’ मा काम गरिरहेका छन् । यो फिल्म अर्को वर्ष रिलिज हुनेछ । 

यसअघि सम्म एकसाथ फ्यान्टम फिल्म्स् सञ्चालन गरिरहेका निर्देशक अनुराग कश्यप र विक्रमादित्या मोटवानीले पनि विकास बहलको साथ छोडीसकेका छन् । अहिले ऋतिकले पनि विकाससँग काम नगर्ने कुरा ट्वीटरमार्फत सर्र्वजनिक गरेका छन् । 

ऋतिकले लेखेका छन्, ‘मेरा लागि यस्ता कुनैपनि व्यक्तिसँग काम गर्न असम्भव छ जो निकै घृणित काममा दोषी देखिएका छन् । म यस कुराबाट टाढा नै छु र मलाई यस विषयमा थोरैमात्र जानकारी छ ।’ 

उनले अगाडी भने, ‘मैले सुपर ३० का निर्माताहरुलाई यस विषयमा छिटोभन्दा छिटो जानकारी लिएर कडा कार्वाही गरियोस् भनेको छु । यो त्यस्तो कुरा होइन जसलाई कुनै बहानामा दबाएर राखियोस् । दोषीहरुलाई कडा कार्वाही हुनुपर्छ र सम्पूर्ण पीडितहरुलाई बलियो बनाएर उनीहरुलाई बोल्न सक्ने सामर्थ्य दिनुपर्छ ।’

 

फिल्म ‘सुपर ३०’ विकास बहलको महत्वपूर्ण फिल्ममध्येको एक हो । यो फिल्म बिहारका शिक्षक आनन्द कुमारको जीवनीमा आधारित छ । 

फिल्ममा अभिनेता ऋतिक रोशन शिक्षकको भूमिका निर्वाह गरिरहेका छन् । यौन शोषणको आरोप लागेपछि विकास बहललाई अमेजन प्राइमको एक वेब सिरिजबाट पनि निकालिएको छ । 

अन्तिम अपडेट: बैशाख १२, २०८१

1 Comments

  • Kilu

    Oct. 9, 2018, 8:44 p.m.

    स्थापित भैसकेका कलाकारहरुलाई यो हालत छ .. अझ कलाकार बन्ने सपना बोक्ने कैयौं नेपाली र भारतीय छोरीहरुले यस्ता कत्ति दुर्व्यवहारलाई सहज स्विकार्नु परिरहेको यथार्थलाई कहिले र कसले बाहिर ल्याउने कुन्नि /

  •  0 Reply

तपाईको प्रतिक्रिया