नेपाल टी–२० लिगमा स्पट फिक्सिङ भएको प्रमाण भेटियो : सीआईबी

 माघ ८, २०७९ आइतबार १६:०:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ – नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले नेपाल टी–२० क्रिकेटमा स्पट फिक्सिङ भएको प्रमाण र आधार भेटिएको पुष्टि गरेको छ ।

सीआईबीले गएको पुस ९ देखि २७ गतेसम्म काठमाण्डौमा भएको खेलमा स्पट फिक्सिङका प्रमाण देखिएको जनाएको हो ।

खेल मिलेमतोको आशंका भएपछि सीआईबीले प्रहरी नायव उपरीक्षक सुन्दर तिवारीको संयोजकत्वमा ५ सदस्यीय छानबिन समिति बनाएको थियो ।

समितिले पैसाकै लेनदेन भएको निष्कर्ष निकाल्दै अनुसन्धानलाई अन्तिम रुप दिने तयारी गरेको छानबिन समितिका एक सदस्यले बताएका छन् । 

मिलेमतोमा संलग्न व्यक्ति र खेलाडीको नाम अन्तिम प्रतिवेदनमा मात्रै सार्वजनिक गर्ने सीआईबीले जनाएको छ ।

पुरै खेलमा मिलेमतो गरेका प्रमाण कम रहेको तर क्याच आउट, रन आउट, चौका, छक्का लगायतमा खेलका अफिसियलकोसमेत मिलेमतोमा जोडिएको सीआईबीले जनाएको छ । मिलेमतोमा धेरैजसो विदेशी र केही नेपाली खेलाडी पनि जोडिएको पाइएको छ ।
 

अन्तिम अपडेट: जेठ ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया