फ्रान्समा कैदी बोकेको गाडीमा आक्रमण, दुई जना प्रहरीको ज्यान गयो
जेठ २, २०८१ बुधबार
धनुषा – गएको पाँचवर्षदेखि निर्माणको चरणमा रहेको नेपालको एक मात्र जनकपुर–जयनगर ब्रोडगेज रेल बुधबार जनकपुर आइपुगेको छ ।
पहिलो चरणमा भारतको जयनगरदेखि कुर्थासम्म निर्माण सम्पन्न हुन लागेको ३५ किलो मिटर रेल्वे लिक परीक्षणको क्रममा रेल्वे पुरानो स्टेशन जनकपुर आइपुगेको हो ।
यससँगै रेल्वेको २९ किलो मिटर लिक परीक्षण भएको छ भने अब मात्र ६ किलो मिटर लिक परीक्षण बाँकी रहेको छ । अबको १० दिनभित्र ६ किलो मिटर लिक परीक्षण गरेर रेल्वे कुर्था स्टेशन पुगेपछि लिक परीक्षण्को काम सम्पन्न हुने नेपाल रेल विभाग साइट कार्यालय जनकपुरका इञ्जिनियर विनोदकुमार ओझाले बताउनुभयो ।
लिक परीक्षको क्रममा एकसाता अघि रेल्वे जनकपुर उपमहानगरपालिका १७ कनकपट्टी प्रवेश गरेको थियो । भारतको झारखण्डबाट ब्लास्ट (रेल्वे लिकमा प्रयोग हुने कालो गिट्टी) सहित रेल जनकपुर आइपुगेको छ । ५३ र्याक(डब्बा)सहित रेल जनकपुर आइपुगेको हो ।
प्रतिघण्टा १० किलोमिटरको गतिमा आएको मालबाहक रेलको र्याकमा लोड गरिएको ब्लास्ट मजदुरहरुले लिकमा झार्दै आएका थिए । भारत सरकारको सहयोगमा निर्माण सम्पन्न हुने लागेको ब्रोडगेज रेल्वे निर्माणधीन अवस्थामा रहेको लिकबाट पहिलो पटक ५३ र्याकसहितको रेल्वे जनकपुर आएको हो ।
कुर्थासम्म रेल्वे सञ्चालनका लागि ३ हल्र्ट र ५ स्टेशन निर्माणको अन्तिम चरणमा छ । स्टेशन भवन, आवास निर्माण अन्तिम अवस्थामा छ । केही दिनअघि नेपालका लागि भारतीय राजदूत मञ्जीवसिंह पुरी र भारतीय विदेश मन्त्रालयका पदाधिकारीहरुले निरीक्षण गर्दे काममा तीव्रता दिन निर्देशन दिएका थिए ।
सन् २०१८ को अन्तिमसम्ममा जसरी पनि रेल्वे सञ्चालन गर्ने तयारी छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
Krishna Giri
Oct. 10, 2018, 8:50 p.m.नेपालमा रेल आउनु भनेको सबै नेपालिको खुसिको कुरा हो अनि यस्तैनै गरेर नेपाल को हरेक ठाउँ मा रेल गुडेको हेर्न पाए अझै राम्रो हुन्थ्यो आशा गरौ यो पनि छिटै पुरा हुने छ|