बलात्कार आरोप लागेका क्रिकेटर सन्दीप लामिछाने राष्ट्रिय टिममा जोडिए

 माघ १९, २०७९ बिहिबार १७:५२:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – बलात्कार आरोप लागेका क्रिकेटर सन्दीप लामिछाने राष्ट्रिय टिममा जोडिएका छन् । क्यानको खेलाडी छनोट समितिले आउँदो त्रिदेशीय क्रिकेट शृङ्खलालाई लक्षित गरेर सन्दीपलाई पनि बन्द प्रशिक्षणमा बोलाएको हो ।

यसअघि  उच्च अदालत पाटनले सन्दीपलाई २० लाख रुपैयाँ धरौटीमा छुट्न मौका दिएको थियो । यस्तै हिजो बुधवार पोखरामा बसेको नेपाल क्रिकेट सङ्घ (क्यान) को बैठकले सन्दीपको निलम्बन फुकुवा गरेपछि उनी राष्ट्रिय टिममा फर्किएका हुन् । सन्दीपलाई दुई हप्तापछि हुने आईसीसी विश्व कप लिग–२ अन्तर्गत स्कटल्यान्ड र नामिबियासँग हुने शृङ्खलालाई मध्यनजर गरेर टिममा बोलाइएको छनोट समितिले जनाएको छ ।

सन्दीपलाई धरौटीमा छोड्ने उच्च अदालतको आदेश बदर गर्न माग गर्दै महान्यायाधिवक्ता कार्यालयले अस्ति मङ्गलवार सर्वोच्च अदालतमा निवेदन दिइसकेको छ । नाबालिगलाई बलात्कार गरेको आरोपमा सन्दीप गएको असोज २० गते पक्राउ परेका थिए ।

अन्तिम अपडेट: जेठ ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया