मेला हेर्न आएकी किशोरीको जंगलमा लगेर बलात्कार, २ जना पक्राउ

 असोज २६, २०७५ शुक्रबार ७:३३:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

रुपन्देही – बालिका बलात्कार गरेको आरोपमा २ जना पक्राउ परेका छन् । प्रहरीका अनुसार देवदह नगरपालिका वडा नं. १० चरंगेका ३५ वर्षीय उदय थापा र बुटवल उपमहानगरपालिका वडा नं. ७ शिवनगरका २६ वर्षीय कृष्ण थापा क्षेत्रीलाई १६ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा पक्राउ गरिएको हो । 

बुटवलमा मेला हेर्न आएकी ती किशोरीलाई मोटरसाइकलमा लगेर स्थानीय शिवनगर सामुदायिक वनमा लगेर बलात्कार गरेको आरोप उनीहरुमाथि छ । घटनास्थलबाट प्रयोग भएका कण्डम, त्यसको खोल र फुटेका चुरासमेत बरामद भएकाले सामूहिक बलात्कारको आशंकामा अनुसन्धान सुरु भएको प्रहरीले बताएको छ । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया