याैन दुर्व्यवहारकाे आरोपपछि साजिद खानले छोडे हाउसफुल ४ काे निर्देशकको पद

 असोज २६, २०७५ शुक्रबार १६:५४:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

बलिउड चलचित्र निर्देशक साजिद खानले उनलाई लागेको यौन शोषणको आरोप बारेमा बोलेका छन् । 

खानले आफूलाई लागेको यौन शोषणको आरोपबाट मुक्त नभएसम्मका लागि हाल छायांकन भइरहेको फिल्म ‘हाउसफुल ४’ को निर्देशनको काम छोडेका छन् । यस कुराको जानकारी साजिदले आफुनो ट्विटर मार्फत दिएका छन् । उनीभन्दा पहिले अभिनेता अक्षय कुमारले यस फिल्मको छायांकन स्थगित गरेका थिए । 

उनले ट्वीटरमा लेखेका छन् ‘मलाई जुन आरोप लागिरहेका छन्, यसले मेरो परिवार, ‘हाउसफुल ४’ मा काम गर्ने कलाकार, निर्माताहरुलाई दवाव दिइँदैछ । यस कुराको म नैतिक जिम्मेवारी लिन्छु । तसर्थ म मलाई लागेका आरोपहरु साबित नभएसम्म निर्देशकको पदबाट बाहिरिएको छु ।’

उनले अगाडी लेखे, ‘म आफ्ना साथीभाई र मिडियाहरुसमक्ष अनुरोध गर्छु कि जबसम्म आरोपहरु सावित हुँदैनन तबसम्म तपाईंहरु कुनै पनि किसिमका अनुमान नलगाउनुहोला ।’

साजिद खानलाई उनकी असिस्टेन्ट डाइरेक्टर सलोनी चोपडाले शोषणको आरोप लगाएकी थिइन् । 

यस्तो छ साजिदलाई लागेको आरोप

साजिद खानलाई उनकी असिस्टेन्ट डाइरेक्टर सलोनी चोपडाले यौन शोषणको आरोप लगाएकी छिन् । सलोनीले भनेकी छिन् कि सन् २०११ मा उनको अन्तरवार्ताका क्रममा साजिदले यौनसम्बन्धी कैयौं प्रश्नहरु गरेका थिए ।

जुन कुराले उनले निकै असहज महसुस गरेकी थिइन् । 

तर उनी चुप लागेकाले उनलाई असिस्टेन्ट डाइरेक्टरको रुपमा नियुक्त गरिएको थियो । त्यसको केही समयपछि साजिद जुनसुकै बेला उनलाई फोन गर्न थालेका थिए । सलोनीले साजिदलाई आरोप लगाउँदै भनेकी छिन् साजिद उनीसँग बिकिनी फोटोहरु माग्ने गर्दथे । 

साजिद जुनसुकै बेला उनलाई गलत तरिकाले कमेन्ट गरेर उनलाई निकै दुख दिने गरेकोसमेत  चोपडाले बताएकी छिन् । 
 

अन्तिम अपडेट: बैशाख २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया