गुल्मी : मुसिकाेटले जित्याे राष्ट्रपति रनिङ शिल्डकाे उपाधि

 फागुन १५, २०७९ सोमबार १६:५२:५२ | जनार्दन घिमिरे
unn.prixa.net

गुल्मी – गुल्मीमा सम्पन्न १३ औँ जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि मुसिकोट नगरपालिकाले जितेकाे छ । गएकाे बिहीवारदेखि सदरमुकाम तम्घासमा सञ्चालित प्रतियोगितामा सबैभन्दा बढी २२ स्वर्ण, १६ रजत र १२ कास्य पदकसहित मुसिकोट नगरपालिकाले उपाधि हात पारेको हो ।  

त्यसैगरी इस्मा गाउँपालिकाले नाै स्वर्ण, चार रजत र तीन कास्य पदक प्राप्त गरेको छ भने मदाने गाउँपालिकाले तीन स्वर्ण, पाँच रजत र पाँच कास्य पदक हात पारेको छ । गुल्मीदरबार गाउँपालिकाले तीन स्वर्ण, तीन रजत र पाँच कास्य पदक जितेको छ । त्यस्तै रुरुक्षेत्र गाउँपालिकाले तीन स्वर्ण, एक रजत र तीन कास्य पदक जितेको छ भने चन्द्रकोट गाउँपालिकाले दुई स्वर्ण, तीन रजत र नौ कास्य पदक जितेको छ । 

प्रतियोगितामा रेसुंगा नगरपालिकाले दुई स्वर्ण, चार रजत र नौ कास्य पदक जितेको छ भने धुर्कोट गाउँपालिकाले दुई स्वर्ण, एक रजत र दुई कास्य पदक जितेको छ । त्यस्तै छत्रकोट गाउँपालिकाले दुई स्वर्ण, दुई रजत र तीन कास्य पदक जितेको छ भने सत्यवती गाउँपालिकाले एक स्वर्ण र एक रजत पदक जितेको छ । कालीगण्डकी गाउँपालिकाले एक स्वर्ण र दुई रजत पदक जितेको छ । जिल्लाको मालिका गाउँपालिका स्वर्ण पदकविहीन बनेको छ । मालिकाले दुई रजत र तीन कास्य पदक जितेकाे छ । 

जिल्लाका १२ पालिकाबाट एक हजार तीन सय ६० जना खेलाडीले प्रतिस्पर्धा गरेका जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख डिल्ली विकले जानकारी दिनुभयाे । उहाँका अनुसार ७६ जना खेलाडी प्रदेशमा पठाउन छनोट गरिएको छ । गुल्मीले भलिबल, कबड्डी, लङ्ग जम्प, तेक्वान्दो, कराते र उसु गरी छ विधाका खेलका लागि खेलाडीसमेत छनाेट गरेको छ । छनाेट भएका खेलाडी प्रदेशमा प्रतिस्पर्धा गर्नेछन् । 

१३ औँ जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको समापन कार्यक्रममा विजयी खेलाडीहरूलाई जिल्ला समन्वय समितिका प्रमुख द्रोणबहादुर खत्रीले पदक प्रदान गर्नुभएको थियो ।

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

जनार्दन घिमिरे

गुल्मीका क्रियाशील पत्रकार जनार्दन घिमिरे लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया