साेमपाललाई चन्द्रकाेट गाउँपालिकाले सम्मान गर्ने

 चैत ७, २०७९ मंगलबार १७:५६:४६ | जनार्दन घिमिरे
unn.prixa.net

फाइल तस्बिर

गुल्मी – नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य सोमपाल कामीलाई गृह पालिका चन्द्रकोटले सम्मान गर्ने भएको छ । गुल्मीकाे चन्द्रकोट गाउँपालिकामा जन्मिएका क्रिकेटर कामीलाई पालिकाले ५० हजार रुपैयाँसहित सम्मान गर्ने निर्णय गरेको गाउँपालिकाका अध्यक्ष युवराज केसीले जानकारी दिनुभयाे । 

नेपाल एकदिवसीय विश्व कपकाे क्वालिफायरमा पुग्दा क्रिकेटर कामी टाेलीकाे सदस्य थिए । आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खलामा उत्कृष्ट प्रदर्शन गरी गुल्मी जिल्ला र चन्द्रकोट गाउँपालिकाको गौरव बढाएको भन्दै क्रिकेटर कामीलाई थप हौसला प्रदान गर्न पालिकाबाट सम्मान गर्न लागिएको चन्द्रकोटका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद भुसालले बताउनुभयो । 

अहिले कामी प्रशिक्षणमा रहेका हुँदा उपयुक्त समय निकालेर उनकाे उपस्थितिमा एक कार्यक्रमका आयाेजना गरेर सम्मान गरिने गाउँपालिकाका उपाध्यक्ष विष्णुप्रसाद भण्डारीले जानकारी दिनुभयाे । 

त्यसैगरी यू–१९ नेपाली क्रिकेट टोलीलाई विश्व कप छनाेटमा पुर्‍याउन सफल भएका छत्रकोट गाउँपालिका ५ मानकोटका अर्जुन कुमाललाई पनि गाउँपालिकाले सम्मान गरेको छ । उनलाई ५० हजार रुपैयाँसहित सम्मान गरेको गाउँपालिकाका अध्यक्ष रामप्रसाद पाण्डेले जानकारी दिनुभयाे ।

अन्तिम अपडेट: बैशाख २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

जनार्दन घिमिरे

गुल्मीका क्रियाशील पत्रकार जनार्दन घिमिरे लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ । 

1 Comments

  • Nirmal khatri

    March 24, 2023, 9:39 a.m.

    Good job

  •  0 Reply

तपाईको प्रतिक्रिया