ट्विटरको लोगो परिवर्तन, चराकाे ठाउँमा कुकुर

 चैत २१, २०७९ मंगलबार ८:५१:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

सामाजिक सञ्जाल ट्विरको लोगो परिवर्तन भएको छ । यस अघि नीलो चरो रहेकोमा अहिले कुकुर राखिएको छ ।

ट्विटर खरिद गरी स्वामित्व लिएका एलन मस्कले ट्विटरको लोगोबाट नीलो चरोलाई हटाएर एक कुकुरलाई राखेका न्युयोर्क टाइम्सले जनाएको छ । गएको अक्टोबरमा ट्विटर खरिद गरेका अमेरिकी अर्वपति मस्कले ट्विटरमा विभिन्न परिवर्तन गर्दै आउनुभएको छ । अकाउण्ट भेरिफाई अर्थात ब्लु टिकटका लागि पैसा तिर्नुपर्ने, कर्मचारी कटौती, सिईओलाई हटाउने लगायतका निर्णय गरेका मस्कले लोगो नै परिवर्तन गर्नुभएको हो ।

मस्कले आफ्नाे ट्विटर ह्याण्डलमा एक तस्बिर(कार्टुन) राखेर यसबारे जानकारी पनि गराउनुभएकाे छ । चराकाे लाेगाे पुरानाे भएकाले नयाँ लाेगाे प्रयाेग गरिएकाे त्याे कार्टुनले देखाउँछ ।

झण्डै ४४ अर्ब अमेरिकी डलरमा ट्विटर खरिद गरेका मस्कले केही दिन अघि ट्विटरको मूल्य २० अर्ब डलर रहेको बताउनुभएको थियो । ट्विटर खरिदपछि मस्कको सम्पत्ति घटिरहेको छ । 


 

अन्तिम अपडेट: बैशाख २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया