अष्ट्रेलियासँगको टेष्ट क्रिकेटको श्रृंखला पाकिस्तानले एक शून्यले जित्याे

 कात्तिक २, २०७५ शुक्रबार १७:९:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

अष्ट्रेलियासँगको टेष्ट क्रिकेटको श्रृंखला पाकिस्तानले एक शून्यले जितेको छ ।

दोश्रो टेष्टमा ३ सय ७३ रनको जित हात पार्दै पाकिस्तानले २ टेष्टको श्रृंखला जितेको हो । पहिलो टेष्ट बराबरीमा सकिएको थियो ।

५ सय ३८ रनको लक्ष्य पाएको अष्ट्रेलिया दोश्रो पारीमा मात्र १ सय ६४ रनमा अल अाउट भएकाे थियो । अष्ट्रेलियालाई सस्तैमा राेक्न पाकिस्तानका यासिर साहले पाँच तथा मोहम्मद अब्बास र बिलाल आसिफले दुई दुई विकेट लिए ।

अष्ट्रेलियाका मार्नुसले सबैभन्दा धेरै ४३ रन बनाए भने ट्राभिस हेडले ३६ र आरोन फिन्चले ३१ रन बनाए । पहिलो पारीमा १ सय ३७ रनको अग्रता लिएको पाकिस्तानले दोश्रो पारीमा ९ विकेट गुमाएर ४ सय रन बनाउँदै पारी समाप्तिको घोषणा गरेपछि अष्ट्रेलियाले ५ सय ३८ रनको लक्ष पाएको थियो ।

दोश्रो पारीमा पाकिस्तानका बाबर आजमले ९९, सर्फराज अहमदले ८१, फखर जमानले ६६ र अजहर अलीले ६४ रन बनाएका थिए ।

पाकिस्तान र अष्ट्रेलियाबीच तीन ट्वेण्टी ट्वेण्टी क्रिकेट पनि हुनेछन् ।

अन्तिम अपडेट: कात्तिक ४, २०७५

तपाईको प्रतिक्रिया