उपचुनावका कारण बन्द गरिएका तनहुँ र चितवनका सडक खुल्याे

 बैशाख १०, २०८० आइतबार १८:०:२६ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – उपचुनावका कारण बन्द गरिएका चितवन र तनहुँमा पर्ने पृथ्वी र पूर्व–पश्चिम राजमार्गलगायतका मुख्य सडक र अरू सहायक सडक खण्ड पूर्णरूपमा सञ्चालनमा आएका छन् ।

उपचुनाव कारण आज बिहानदेखि बन्द रहेका सडक अहिले बेलुकी ५ बजे चुनाव सकिएपछि ६ बजे सञ्चालनमा आएका ट्राफिक प्रहरीले जनाएकाे छ । बारामा भने लामो दुरीका गाडी चलाउन दिइएकाे थियाे ।

राजमार्ग भएर पूर्व र पश्चिम जाने र काठमाण्डौ–पोखरातर्फ जाने लामो दूरीका गाडी चल्न नपाउँदा यात्रु मर्कामा परेका थिए । आज चितवन–२, तनहुँ–१ र बारा–२ मा उपचुनाव भएकाे हाे ।

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया