मानसिक सन्तुलन गुमाएकालाई बन्धक बनाउने २ जना छिमेकी पक्राउ

 कात्तिक ५, २०७५ सोमबार १४:२९:४३ | प्रेमनारायण आचार्य

अर्घाखाँची – सन्धिखर्क नगरपालिका वडा नम्बर –४, वांगलामा मानसिक सन्तुलन गुमाएका व्यक्तिलाइ बन्धक बनाएर राख्ने २ जना छिमेकी पक्राउ परेका छन् ।

सन्धिखर्क नगरपालिका वडा नम्बर –४, वाङ्ला आमडाँडामा विजया दशमीको दिन मानसिक सन्तुलन ठिक नभएका नारायण खत्रीलाई डोरीले बाँधेर रातभर आँगनमा छाडिदिने छिमेकी सुशीला नेपाली र उनका श्रीमानलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक नवराज मल्लले बताउनुभयो । 

 खत्रीलाई ८ घण्टापछि स्थानीयले आँगनमा अचेत अवस्थामा पल्टिएको भेटेपछि जिल्ला प्रहरी कार्यलय अर्घाखाँचीमा खबर गरेका थिए ।  तत्काल खबर पाउन साथ प्रहरी निरीक्षक नवराज मल्ल र  प्रमुख जिल्ला अधिकारी खिमराज भुसालको पहलमा पीडित नारायण खत्रीलाई उपचारको लागि जिल्ला अस्पताल अर्घाखाँचीमा लगिएको थियो । 

 जिल्ला अस्पताल अर्घाखाँचीमा खत्रीको सामान्य उपचारपछि थप उपचारको लागि लुम्बिनी अञ्चल अस्पताल  बुटवल पठाएकोमा त्यहाँ पनि उपचार हुन नसकेपछि रिफर गरी भैरहवा मेडिकल कलेज पठाइएको  प्रहरीले जनाएको छ ।

बन्धक बनाउने सुशीला नेपाली र उनका श्रीमानलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा हिरासतमा राखिएको छ । 
 

अन्तिम अपडेट: बैशाख १३, २०८१

प्रेमनारायण आचार्य

प्रेमनारायण आचार्य अर्घाखाँची उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया