धार्केमा दुईतर्फी गाडी सञ्चालनको प्रयास हुँदै

 बैशाख २०, २०८० बुधबार ९:२७:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – पृथ्वी राजमार्ग अन्तर्गत धादिङको धार्केमा भासिएको सडक मर्मतको काम भइरहेको छ । गणेश खोला पुलको सडक भासिएपछि अस्ति सोमबार दिउँसो ४ बजेदेखि बन्द सडकमा हिजो बिहान १० बजेदेखि एकतर्फी गाडी चलिरहेका छन् ।

दुईतर्फी नै सडक खुलाउने प्रयास भैरहेकोे  जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक (डीएसपी) सन्तुलालप्रसाद जैसवारले बताउनुभयो । उहाँका अनुसार नेपाली सेना, सडक विभागका कर्मचारीलगायतको टोलीले सडक बनाउने काम गरिरहेको छ । पृथ्वी राजमार्ग भएर दैनिक हजारौँ संख्यामा गाडी र यात्रु ओहोरदोहोर गर्ने भएकाले एकतर्फी मात्रै सडक खुल्दा चाप हुने गरेको छ । 


 

अन्तिम अपडेट: जेठ १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया