पुछारकाे खुमलटारले हिमालयन शेर्पालाई हरायाे, पुलिस चाैथाे स्थानमा उक्लियाे

 जेठ १५, २०८० सोमबार २१:६:३० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – शहीद स्मारक 'ए' डिभिजन लिगको पुछारमा रहेको खुमलटार फुटबल क्लबले हिमालयन शेर्पालाई हराएकाे छ ।

त्रिपुरेश्वरकाे दशरथ रङ्गशालमा भएकाे खेलमा खुमलटारले हिमालयन शेर्पालाई २–१ गोलले हरायाे । खुमलटारका लागि मेसुके ओलोमोउ र स्टेफन समिर विनोङले गोल गरे । शेर्पाका म्यानुयल नानाले गाेल गरे ।

याे जितपछि पनि खुमलटार अङ्क तालिककाे पुछारमै छ । उसकाे २२ खेलमा २४ अङ्क छ । हिमालयन शेर्पा उति नै खेलमा २९ अङ्कसहित नवाैँ स्थानमा छ ।

यस्तै आजै त्रिपुरेश्वरकाे दशरथ रङ्गशालामा भएकाे खेलमा नेपाल पुलिस क्लबले फ्रेन्ड्स क्लबलाई हराएको छ । पुलिसले फ्रेन्ड्सलाई २–१ गाेलले हरायाे । पुलिसका लागि अञ्जन राईले २ गाेल गरे । फ्रेन्ड्सका विकास थापाले गाेल गरे ।

याे जितसँगै पुलिस अङ्क तालिकाकाे चाैथाे स्थानमा उक्लिएकाे छ । पुलिसकाे २२ खेलमा ३१ अङ्क छ । फ्रेन्ड्स उति नै खेलमा २४ अङ्कसहित पुछारबाट दाेस्राे स्थानमा छ ।

अन्तिम अपडेट: जेठ ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया