मुग्लिन–नारायणगढ सडक दुईतर्फी सञ्चालनमा

 साउन १४, २०८० आइतबार १७:१०:२० | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – आज आइतवार बिहानैदेखि अवरुद्ध मुग्लिन–नारायणगढ सडक दिउँसो ३ बजेपछि दुईतर्फी नै सञ्चालनमा आएको छ ।

बिहान इच्छाकामना गाउँपालिका–६ मा पर्ने कालीखोला पुल नजिकै पहिरो खसेपछि सडक अवरुद्ध भएको थियो । पहिरोका कारण सयौँ गाडी र यात्रु अलपत्र परेका थिए । पहिरो हटाएपछि अहिले सडक पूर्णरूपमा सञ्चालनमा आएकाे डिभिजन सडक कार्यालय भरतपुरले जनाएको छ ।

वर्षाका कारण यो सडक खण्डका विभिन्न ठाउँमा पहिरो जाँदा पटक–पटक अवरुद्ध हुँदै आएको छ । अहिले राष्ट्रिय राजमार्गअन्तर्गत तमोर काेरिडोरको पाँचथर खण्ड, कालीगण्डकी काेरिडोरको म्याग्दी खण्ड पूर्णरूपमा अवरुद्ध बनेको छ । विभिन्न २४ वटा सडक खण्ड एकतर्फी सञ्चालनमा छन् ।

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया