बर्दिया : बाढी आएपछि माछा मार्ने र दाउरा सङ्कलन गर्नेकाे भिड

 साउन २३, २०८० मंगलबार १३:५९:१९ | भावुक योगी
unn.prixa.net

बर्दिया - बर्दियाका नदी तथा खाेलामा बाढी आएपछि माछा मार्ने तथा दाउरा सङ्कलन गर्नेकाे भिड लागेकाे छ ।

गेरुवा नदी, बबई नदी, आराेही खाेलालगायतमा आएकाे बाढीमा माछा मार्न र दाउरा सङ्कलन गर्न स्थानीयकाे भिड लागेकाे हाे । 

गुलरिया नगरपालिका, ठाकुरबाबा नगरपालिका, बारबर्दिया नगरपालिका, मधुवन नगरपालिकालगायतमा स्थानीयहरु माछा मार्न र दाउरा सङ्कलनका लागि तटीय क्षेत्रमा जम्मा भएका जिल्ला प्रहरी कार्यालय बर्दियाका डीएसपी हिक्मत बाेहाेराले बताउनु भयाे । 

जिल्ला प्रशासन कार्यालय र पालिकाले बाढी आएकाले नदी र खाेलाकाे किनारामा नजान स्थानीयलाई आग्रह गरेकाे छ । तर, स्थानीहरु भने दाउरा सङ्कलन गर्न र माछा मार्न बिहानैदेखि व्यस्त छन् ।

यसैबीच, गएरातिदेखिकाे निरन्तरकाे वर्षापछि बर्दियाकाे ठाकुरबाबाका विभिन्न ठाउँ डुबानमा परेकाे छ । बबई नदीमा पानीकाे सतहले खतराकाे तह पार गरेकाले सतर्कता अपनाउन आग्रह गरिएकाे छ । 

अन्तिम अपडेट: बैशाख १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

भावुक योगी

बर्दियाका उज्यालो सहकर्मी भावुक योगी बर्दियाको रेडियो टाइगरमा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया