दाङकाे तुलसीपुरमा तिलहरी लुटेको आरोपमा एक जना पक्राउ

 भदौ १, २०८० शुक्रबार ९:४६:३६ | हेमराज शर्मा
unn.prixa.net

दाङ - दाङको तुलसीपुर बसपार्कमा महिलाको तिलहरी लुटेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

सल्यानबाट आफन्त भेट्न दाङ आएकी निर्मला खत्रीको तिलहरी लुट्दालुट्दै तुलसीपुर उपमहानगरपालिका–१८ का नवीन सुनार पक्राउ परेका इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डीएसपी पुष्पराज मल्लले जानकारी दिनुभयो  ।

निर्मलालाई आफन्तको घरसम्म पुर्याइदिने भन्दै नवीनले मोटरसाइकलमा राखेर केही पर लगेर तिलहरी लुटेका थिए । महिला चिच्याएपछि स्थानीय बासिन्दाले प्रहरीलाई खबर गरेका थिए । डीएसपी मल्लका अनुसार बसपार्क चौकी इञ्चार्ज असई सन्तोष आचार्यको टोलीले नवीनलाई हिजो पक्राउ गरेका हो ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया