पत्रकार डिल्लीप्रसाद आचार्यको 'स्मृति ग्रन्थ' प्रकाशित

 भदौ १२, २०८० मंगलबार ११:१६:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - पत्रकार डिल्लीप्रसाद आचार्यको 'स्मृति ग्रन्थ' प्रकाशित भएको छ। आज मङ्गलवार प्रकाशित आचार्यको 'स्मृति ग्रन्थ'मा ५२ जनाका स्मृति समावेश छन् । 

यस ग्रन्थमा आचार्यका समकालीन, सहकर्मी, पत्रकार, इष्टमित्र र परिवारका सदस्यहरूले आफ्ना सम्झना, भावना र श्रद्धाञ्जली अभिव्यक्त गरेका छन्।

बाग्लुङको रामरेखामा जन्मनुभएका पत्रकार आचार्यको गएकाे भदौ १ गते काठमाण्डाैमा ८४ वर्षको उमेरमा निधन भएको थियो।

प्रशासक तथा समाजसेवीका रुपमा पनि सक्रिय पत्रकार आचार्यले पश्चिमाञ्चलमा खोज पत्रकारिता अभ्यासमा विशेष योगदान दिनुभएकाे थियाे। उहाँले ५० वर्षअघि कालापानी लिपुलेकबारे स्थलगत रिपोर्टिङ गर्नुभएकाे थियाे । बुद्धको मावली र ससुराली देवदहको ऐतिहासिक सोधखोज र प्रचारप्रसारमा पनि उहाँको विशेष योगदान थियो । 

आजीवन सादा जीवन, उच्च विचार दर्शनबाट प्रेरित उहाँको यसअघि आत्मसंस्मरणहरूको सँगालो पुस्तक झझल्काहरु प्रकाशित छ। दुवै पुस्तक बुलबुल प्रकाशनले प्रकाशित गरेको हो।

अन्तिम अपडेट: बैशाख १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया