सिन्धुपाल्चोकबाट विदेश गएकामध्ये पछिल्लो तीन महिनामा ९ जनाको ज्यान गयो

 कात्तिक १५, २०७५ बिहिबार १२:४:४७

रीना श्रेष्ठ ।

सिन्धुपाल्चोक – सिन्धुपाल्चोकबाट वैदेशिक रोजगारीमा गएकामध्ये पछिल्लो तीन महिनामा ९ जनाको ज्यान गएको छ । गएको साउनदेखि असोजसम्ममा ७ जना पुरुष र २ जना महिलाको ज्यान गएको हो । अघिल्लो आर्थिक वर्ष २०७४/७५ मा एक वर्षमा ९ जनाको ज्यान गएको थियो । 

तर चालु आर्थिक वर्षको तीन महिनामै ९ जनाको ज्यान गएको हो । ज्यान गएका व्यक्तिका परिवारले वैदेशिक रोजगार प्रवद्र्धन बोर्डबाट ६४ लाख ४४ हजार १ सय ९ रुपैयाँ क्षतिपूर्ति पाएका छन् ।

यो अवधिमा ५ जना सम्पर्कविहीन भएको भन्दै उनीहरुका परिवारले खोजिदिन आग्रह गर्दै जिल्ला समन्वय समितिले सञ्चालन गरेको सुरक्षित आप्रवासन सूचना तथा परामर्श केन्द्रमा निवेदन दिएका छन् । केन्द्रले समस्यामा परेका दुई जनाको उद्धार गरेको छ । 

जिल्ला समन्वय समितिले सञ्चालन गरेको वैदेशिक रोजगारका लागि सुरक्षित आप्रवासन परियोजना, सिन्धुपाल्चोकले स्थापना भएदेखि २०७१ सालदेखि अहिलेसम्म ३ करोड ५ लाख ५६ हजार ९ सय ५८ रुपैयाँ पीडित परिवारलाई दिलाएको जनाएको छ । 

अन्तिम अपडेट: बैशाख २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया