पहिराेका कारण गुल्मीका ४ वटा प्रमुख सडक अवरुद्ध

 असोज १७, २०८० बुधबार २०:३१:४३ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

गुल्मी – निरन्तरकाे वर्षाका कारण पहिरो खसेपछि गुल्मीका चार वटा प्रमुख सडक अवरुद्ध भएका छन् ।

कालीगण्डकी करिडोर सडकअन्तर्गत कालीगण्डकी गाउँपालिकाको कालाखोलामा पहिरो गएपछि आज बुधवार दिउँसोदेखि यो सडक अवरुद्ध भएकाे हाे ।

यस्तै हिजाे मङ्गलवारदेखि अवरुद्ध भएकाे रिडी–अर्घाखाँची सडक अझै सञ्चालनमा आएको छैन । लगातार वर्षा भैरहेका कारण पहिराे पन्छाउन समस्या भएकाे जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । याे सडक खण्डअन्तर्गत रुरुक्षेत्र गाउँपालिकाको साखर भन्ने ठाउँमा सडक माथिबाट चट्टानसहितको पहिरो खस्दा सडक अवरुद्ध भएकाे हाे ।

यस्तै तम्घास–इन्द्रगौँडा सडक पनि अवरुद्ध भएकाे छ । याे सडक खण्डअन्तर्गत मुसिकोट नगरपालिका–४ दोभानमा सडक माथिबाट पहिरो खसेपछि सडक अवरुद्ध भएकाे गुल्मीका प्रहरी नायब उपरीक्षक (डीएसपी) डिल्लीनारायण पाण्डेले जानकारी दिनुभयाे । त्यसैगरी गुल्मीदरबार गाउँपालिकाअन्तर्गत गौँडाकोट–बलीथुम–जुभुङ सडक पनि अवरुद्ध भएकाे छ ।

पहिराेका कारण गए रातिदेखि अवरुद्ध भएकाे रिडी–रुद्रवेणी–वामीटक्सार सडक भने सञ्चालनमा आएको छ । याे सडक खण्डअन्तर्गत सत्यवती गाउँपालिका–५ बाँदरे भीरमा गएको पहिरो हटाएपछि आज दिउँसाेदेखि सडक सञ्चालनमा आएकाे हाे ।

तीन दिनदेखिको लगातारकाे वर्षाका कारण जिल्लाको जनजीवन प्रभावित बनेको छ । जिल्लाका धेरैजसाे सडक अवरुद्ध भएपछि यातायात सेवा प्रभावित भएकाे छ ।

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया