शेयर कारोबारमा ब्रोकर कमिसन घटाउने धितोपत्र बोर्डको निर्णय

 कात्तिक १, २०८० बुधबार १५:४८:१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाल धितोपत्र बोर्ड (सेबोन) ले शेयर बजारमा हुने कारोबारबापत लगानीकर्ताले तिर्ने कमिसन घटाउने निर्णय गरेको छ ।

बोर्डका अनुसार लगानीकर्ताले ब्रोकरलाई दिने कमिसन १० प्रतिशतले घटाउने र ब्रोकरले धितोपत्र बोर्ड सेबोनलाई दिने शुल्क १० प्रतिशतले घटाउने निर्णय गरेर स्वीकृतिका लागि अर्थ मन्त्रालयमा पेस गरिएको छ । लगानीकर्ताले सेबोनलाई दिने कमिसन पनि ७ प्रतिशतले घटेको छ ।

बोर्डले यसअघि २०७७ सालको पुस १० गते सङ्गठित संस्थाको शेयरको प्रत्येक खरिद तथा बिक्रीमा लिने ब्रोकर कमिसन घटाएर माथिल्लो सीमा शून्य दशमलव ४० प्रतिशत र तल्लो सीमा शून्य दशमलव २७ प्रतिशत कायम गरेको थियो । अब माथिल्लो सीमालाई शून्य दशमलव ३० प्रतिशत कायम गर्ने र न्यूनतम सीमालाई घटाएर शून्य दशमलव २५ प्रतिशत कायम गर्ने तयारी रहेको बोर्डले जनाएको छ । लगानीकर्ताले तिरेको कमिसनबाट ब्रोकरलाई २० प्रतिशत र त्यसैबाट सीडीएससीलाई २५ प्रतिशत कमिसन जाने गरेको छ । यस्तै अहिले शेयर लगानीकर्ताले धितोपत्र बोर्डलाई छुट्टै शून्य दशमलव शून्य १५ प्रतिशत कमिसन तिर्ने गरेका छन् ।

अहिले ५० हजार रुपैयाँसम्मको कारोबारमा शून्य दशमलव ४० प्रतिशत, ५० हजारदेखि ५ लाखसम्मको कारोबारमा शून्य दशमलव ३७ प्रतिशत, ५ लाखभन्दा माथि २० लाखसम्मको कारोबारमा शून्य दशमलव ३४ प्रतिशत, २० लाखभन्दा माथि १ करोडसम्मको कारोबारमा शून्य दशमलव ३० प्रतिशत र १ करोडभन्दा माथि जतिसुकैको कारोबारमा शून्य दशमलव २७ प्रतिशत ब्रोकर कमिसन लाग्दै आएको छ ।

अन्तिम अपडेट: जेठ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया