सोमबारको तुलनामा मंगलबार विदेशी मुद्राको भाउ बढ्यो

 कात्तिक २०, २०७५ मंगलबार १०:६:२ | उज्यालो सहकर्मी

काठमाडौं – सोमबार घटेको रियाल, रिंगिट, दिर्हाम लगायतका विदेशी मुद्राकाको सटही दर मंगलबार बढेको छ । 

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर ३१ रुपैयाँ ११ पैसा र बिक्रिदर ३१ रुपैयाँ २७ पैसा रहेको छ ।

त्यस्तै, कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ०५ र बिक्रिदर ३२ रुपैयाँ २१ पैसा छ । युएई दिर्हाम एकको खरिददर ३१ रुपैयाँ ७७ पैसा र बिक्रिदर ३१ रुपैयाँ ९४ पैसा तोकेको छ ।

मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ९५ पैसा र बिक्रिदर २८ रुपैयाँ ०९ पैसा रहेको छ । कोरियन वन १ सयको खरिददर १० रुपैयाँ ३९ र बिक्रिदर १० रुपैयाँ ४४ पैसा रहेको छ । 

कुवेती दिनार एकको खरिददर ३ सय ८४ रुपैयाँ ०१ पैसा छ भने बिक्रिदर ३ सय ८५ रुपैयाँ ९८ पैसा रहेको छ । बहराइन दिनार एकको खरिददर ३ सय ०९ रुपैयाँ ५५ पैसा र बिक्रिदर ३ सय ११ रुपैयाँ १४ पैसा रहेको छ । 

नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।
 

अन्तिम अपडेट: जेठ १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया