९१ किलाे गाँजासहित बझाङमा ३ जना पक्राउ

 मंसिर ११, २०८० सोमबार १८:०:७ | उज्यालो सहकर्मी
unn.prixa.net

बझाङ – बझाङको खप्तडछान्ना गाउँपालिका वडा नम्बर ७ बाट ९१ किलो गाँजासहित तीन जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा खप्तडछान्ना–७ का ६४ वर्षका खडक खड्का, गोर्खाको अजिरकोट गाँउपालिका–२ का ३८ वर्षका सन्तोस गुरुङ र पर्साको सुकौली पटौली गाउँपालिका–९ लक्ष्मीपुरका ५५ वर्षका रामबहादुर गुरुङ रहेका प्रहरीले जनाएको छ ।

खप्तडछान्ना–७ को गोर्खाली गाउँबाट गाँजाकाे कारोबार भइरहेको भन्ने सूचनाका आधारमा आज साेमवार खडकबहादुर बोहराको घरमा खानतलासी गर्दा गाँजा बरामद भएकाे जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी नायब उपरीक्षक (डीएसपी) भरतबहादुर शाहले बताउनुभयो ।

पक्राउ परेका तीनै जनालाई प्रहरीले जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धानका लागी जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेको छ ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया