पाेखरामा जुवा खेलिरहेका १६ जना पक्राउ, ५ लाख रुपैयाँ बरामद

 मंसिर १२, २०८० मंगलबार १४:४८:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

कास्की – पाेखरा महानगरपालिका–२१ निर्मलपोखरी मैदानमा जुवा खेलिरहेका १६ जनालाई कास्की प्रहरीले पक्राउ गरेको छ ।

जुवा (कौडा) खेलाइरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट गएको प्रहरी टोलीले जुवा खेलिरहेका १६ जनालाई पक्राउ गरेकाे कास्कीका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक (डीएसपी) श्रवणकुमार विकले बताउनुभयाे । प्रहरीले उनीहरूकाे साथबाट पाँच लाख पाँच हजार ६५ रुपैयाँ र १६ थान कौडा बरामद गरेकाे छ ।

पक्राउ पर्नेमा पाेखरा–३३ भरतपोखरी बस्ने वर्ष ३८ का सन्तोष गुरुङ, वर्ष ४६ का राम केसी, पाेखरा–६ बस्ने वर्ष ३६ का सञ्जिव अधिकारी, वर्ष ४० का राम ढकाल, वर्ष ६४ का वीरबहादुर लामिछाने, वर्ष ४० का मोहनबहादुर गुरुङ छन् । यस्तै कास्की–१७ बिराैटा बस्ने वर्ष ४० का प्रकाश पोख्रेल, वर्ष ४६ का कृष्णप्रसाद भण्डारी, वर्ष ३० का कुमार भण्डारी, वर्ष ३८ का गौतम गुरुङ, वर्ष ४० का जीवन शाहीलाई प्रहरीले पक्राउ गरेकाे छ । यसैगरी कास्की–२१ कृष्ती बस्ने वर्ष ४८ का होमबहादुर रानाभाट, वर्ष ४० का टङ्कबहादुर कार्की, वर्ष २३ का अनिष श्रेष्ठ, पाेखरा–१० अम्मरसिंह बस्ने वर्ष ६३ का मीनबहादुर बरुवाल र पाेखरा–३३ गैरागाउँ बस्ने वर्ष ३३ का रामचन्द्र आचार्य पक्राउ परेका प्रहरीले जनाएकाे छ ।

पक्राउ परेकाहरूलाई सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकताविरुद्धको कसुर (जुवा खेल्न वा सट्टेबाजी गर्न नहुने) सम्बन्धी मुद्दामा अनुसन्धान प्रक्रिया अगाडि बढाएको डीएसपी विकले जानकारी दिनुभयाे ।

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया