सुनकाे भाउ आज पनि घट्याे, तोलाको १ लाख १८ हजार ४ सय रुपैयाँमा कारोबार हुँदै

 मंसिर २०, २०८० बुधबार १०:५४:१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सुनकाे भाउ आज बुधवार पनि घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको भाउ तोलामा ८ सयले घटेर आज १ लाख १८ हजार ४ सय रुपैयाँमा काराेबार भइरहेकाे छ ।

सुनको भाउ हिजो मङ्गलवार पनि तोलामा २ हजार ४ सयले घटेर १ लाख १९ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । अस्ति सोमवार सुनको भाउ अहिलेसम्मकै उच्च तोलाको १ लाख २१ हजार ६ सय रुपैयाँ पुगेको थियो ।

आज चाँदीको भाउ पनि घटेको छ । हिजो तोलामा ४५ ले घटेर १ हजार ५ सयमा झरेको चाँदी आज २० रुपैयाँले घटेर १ हजार चार सय ८० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

विवाहको सिजन भए पनि सुनचाँदीको कारोबार खासै नभएको व्यापारीले बताएका छन् । सिजनका बेला सुनको दैनिक माग ५० किलोसम्म हुने गरेकोमा अहिले कारोबार घटेको हो । पहिला हुने कारोबारको तुलनामा अहिले दैनिक १५/२० किलो मात्रै सुनको कारोबार हुँदै आएको छ ।

सुनको भाउमा उतारचढाव र आर्थिक मन्दीजस्ता कारणले कारोबारमा असर पारेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अध्यक्ष माणिकरत्न शाक्यले बताउनुभयाे । उहाँका अनुसार भाउ महँगो हुँदा ग्राहकले आवश्यकताअनुसार नयाँ किन्ने भन्दा पनि आफूसँग भएको पुरानो गरगहनाबाट काम चलाउने गरेका छन् ।

अन्तिम अपडेट: जेठ ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया