वायु सेवा निगमको जहाज खरिदका लागि तीन कम्पनीको आवेदन

 मंसिर २१, २०८० बिहिबार १०:४२:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपाल वायुसेवा निगमले तीन वटा जहाज खरिद गर्न आह्वान गरेको बोलपत्रमा तीनवटा कम्पनीको आवेदन परेको छ । लेट ४१०, डोर्नियर र ट्विनअटर गरी तीन वटा जहाज उत्पादक कम्पनीको प्रस्ताव आएको निगमले जनाएको छ ।

निगमले गएको कात्तिक ५ गते ४५ दिने सार्वजनिक सूचना निकालेर तीन वटा जहाज खरिदको अन्तर्राष्ट्रिय टेन्डर (बोलपत्र) आह्वान गरेको थियो । यस समयावधिमा विभिन्न तीन वटा कम्पनीले प्रस्ताव गरेका हुन् । 

निगमसँग अहिले दुई वटा ट्वीअटर जहाज छन् । दुर्गम तथा पहाडी भेगमा उडान थप्न र गन्तव्य विस्तार गर्न निगमले थप तीन वटा जहाज किन्न लागेको हो ।

अन्तिम अपडेट: बैशाख २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया