ललितपुरको झम्सीखेलमा गाेली चल्याे, लागुऔषध कारोबारी पक्राउ

 मंसिर २६, २०८० मंगलबार १३:५०:९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - ललितपुरको झम्सीखेलबाट एक जना लागुऔषध कारोबारी पक्राउ परेका छन् ।

उपत्यका अपराध अनुसन्धान कार्यालय, बानेश्वरको टोलीले गोली प्रहार गरेर झम्सीखेलबाट उदयपुर घर भएका ४५ वर्षका अविनाश राईलाई पक्राउ गरेको हो । महानगरीय प्रहरी परिसर ललितपुरका अनुसार राईको साथबाट आइस ड्रग ४९० ग्राम बरामद भएको छ ।

खुट्टामा गोली लागेका राईलाई उपचारका लागि ट्रमा अस्पताल लगिएको छ । राईको साथबाट कटुवा पेस्तोल र दुई राउण्ड गोली बरामद भएको प्रहरीले जनाएको छ ।

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया