नागरिकले अनुभव गर्नेगरी काम गर्न मन्त्री र सचिवलाई प्रधानमन्त्रीको निर्देशन

 मंसिर २८, २०८० बिहिबार १९:४९:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नागरिकले महसुस गर्नेगरी स्पष्ट नीति तथा कार्यक्रमसहित कार्ययोजनाको कार्यान्वयन गर्न मन्त्रिपरिषद्का सदस्य एवम् विशिष्ट श्रेणीका कर्मचारीलाई निर्देशन दिनुभएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बिहीवार भएको आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम र बजेट कार्यान्वयनको चौमासिक समीक्षा बैठकमा प्रधानमन्त्री प्रचण्डले नागरिकले अनुभूत गर्नेगरी काम गर्न निर्देशन दिनुभएको हो । उहाँले एकअर्काका कमी कमजोरी देखाउनुभन्दा पारस्परिक समन्वय र सहकार्यका आधारमा काम गर्नुपर्नेमा जोड दिनुभयो ।

आफू नेतृत्वको सरकारको एक वर्षे कार्यकाल पूरा हुने चरणमा रहेको र यस अवधिमा अपेक्षा गरिएअनुसारका काम भएकाे प्रचण्डकाे भनाइ छ ।

अन्तिम अपडेट: जेठ ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया