प्रधानमन्त्री प्रचण्डद्वारा इनरुवा सबस्टेशनको उद्घाटन

 पुस ६, २०८० शुक्रबार ११:४६:५२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाल विद्युत् प्राधिकरण इनरुवा सबस्टेशनको आज उद्घाटन गर्नुभएको छ । बिहान सुनसरीको इनरुवा भोक्राहामा भएको कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले ४००/२२०/१३२/३३ केभी क्षमताको सबस्टेशनकाे उद्घाटन गर्नुभएको हो ।

सबस्टेशनको उद्घाटन गर्दै उहाँले उज्यालो नेपालको अभियानमा यो सबस्टेशन महत्त्वपूर्ण रहेको र केही समयमै नेपाल सम्पूर्ण रुपमा उज्यालो हुने बताउनुभएको छ । अहिले ९८ प्रतिशत नागरिकमा विद्युतको पहुँच पुगेको र अबको एकदेखि डेढ वर्षमा शतप्रतिशत पुर्याउने सरकारले लक्ष्य रहेको उहाँको भनाइ छ ।

प्रधानमन्त्री प्रचण्डले नदीबाट विद्युत् उत्पादन गर्ने र नेपालका सहर–सहर र गाउँगाउँमा पुर्याउने मात्र नभइ उत्पादित बिजुली छिमेकमा बेच्ने र विदेशी मुद्रा आर्जन गर्ने अवसर पनि सिर्जना भइसकेको बताउनुभयो ।
 

अन्तिम अपडेट: जेठ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया