लगातार चौथो दिन पनि शेयर बजार घट्यो, ४ अर्ब २९ करोड रुपैयाँको कारोबार

 पुस १२, २०८० बिहिबार १५:२१:२० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – लगातार चौथो दिन आज बिहीवार पनि शेयर बजार घटेको छ । शेयर बजार परिसूचक नेप्से आज एक दशमलव ९३ अङ्कले घटेर दुई हजार ६८ दशमलव ९० विन्दुमा झरेको छ ।

आज होटल, लगानी, उत्पादन, म्यचुअल फन्ड, निर्जीवन बीमा र अन्य समूहको शेयर सामान्य बढेको छ, अरू समूहको शेयर सामान्य ओरालो लागेको छ । आज सबैभन्दा धेरै वीपीडब्ल्यू लघुवित्त र धौलागिरि लघुवित्तको शेयर १० प्रतिशतले घटेको छ । समग्रमा बजार घटे पनि आज भिजन लुम्बिनी ऊर्जा कम्पनी, चिरख्वा हाइड्रोपावर, हाथवे इन्भेस्टमेन्ट नेपाल, मनकामना इन्जिनियरिङ कम्पनी र मुक्तिनाथ कृषि कम्पनीको शेयर १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।

बजारसँगै कारोबार रकममा पनि कमी आएको छ । एक करोड ६८ लाख कित्ता शेयर चार अर्ब २९ करोड नौ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै सोनापुर मिनरल्स एण्ड आयल कम्पनीको १४ करोड ३८ लाख रुपैयाँकाे शेयर किनबेच भयाे ।

अन्तिम अपडेट: जेठ ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया