माइतीघरकाे निषेधाज्ञा तत्काल हटाउन गगन थापाकाे आग्रह

 पुस १६, २०८० सोमबार १२:५४:२६ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले काठमाण्डाैकाे माइतीघरकाे निषेधित क्षेत्र तत्काल हटाउन सरकारसँग आग्रह गर्नुभएकाे छ ।

आज साेमवार सिंहदरबारमा बसेकाे राज्य व्यवस्था तथा सुशासन समितिकाे बैठकमा महामन्त्री थापाले माइतीघरलाई निषेधित क्षेत्र ताेक्नुकाे कुनै औचित्य नरहेकाे भन्दै तत्काल हटाउन गृहमन्त्रीलाई आग्रह गर्नुभएकाे हाे ।

उहाँले भन्नुभयाे, ‘माइतीघरको निषेधित क्षेत्र हटाइदिनुस् । यसको पनि कारण छ । हेर्दा सामान्य लाग्छ । आज धोती जुलुस भयो, पोल्टिकल स्टेटमेन्ट हो । उहाँहरूले सरकारले सुन्छ भनेर माइतीघरमा देखाउन खोज्नुभएको हो । हिजो हामीले त्यही गरेको हो । तर अहिले माइतीघरलाई निषेधित क्षेत्र बनाइसकेपछि बल प्रयोग गर्नुपरेको छ । लाेकतन्त्रमा माइतीघरलाई एउटा ठाउँ बनाएकाे हाे । माइतीघरमा निषेधाज्ञाकाे औचित्य छैन, तत्काल खारेज गर्न अनुरोध गर्छु ।’

बैठकमा महामन्त्री थापाले बालकुमारी घटना भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको लापर्बाहीका कारण भएको बताउनुभयाे । आन्दोलनबारे थाहा हुँदाहुँदै पनि आन्दोलन भइरहेको बाटोबाट सवारी गर्नु लापर्बाही भएको उहाँले बताउनुभयाे । लापर्बाही गर्ने मन्त्रीलाई कारबाही हुनुपर्ने उहाँकाे भनाइ छ ।

थापाले बालकुमारी घटनामा श्रम मन्त्रालय र गृह मन्त्रालयको पनि कमजोरी रहेको बताउनुभयो । उहाँले साउनदेखिको ईपीएसको विषय सरकारले सम्बोधन नगर्नु सरकारको लापर्बाही भएकाे पनि बताउनुभयाे ।

अन्तिम अपडेट: जेठ ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया