उपप्रधानमन्त्री श्रेष्ठको दाबी : ‘प्रहरी सङ्गठनभित्र सरुवा/बढुवामा पैसाको चेलखेल शून्यमा झारियो’

 पुस १६, २०८० सोमबार १५:१:५० | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले आफूले प्रहरी सङ्गठनलाई राजनीतिक हस्तक्षेपमुक्त बनाएको दाबी गर्नुभएको छ ।

आज सोमवार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उपप्रधानमन्त्री श्रेष्ठले प्रहरी सङ्गठनलाई आफ्नो प्रणालीअनुसार काम गर्ने वातावरण आफूले बनाएको जिकिर गर्नुभएको हो । उहाँले प्रहरी सङ्गठनको सरुवा/बढुवामा हुने पैसाको चलखेललाई शून्यमा झारिएको समेत बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘प्रहरी सङ्गठनलाई आफ्नो प्रणाली, मापदण्डअनुसार काम गर्ने वातावरण अहिले बनाइएको छ । सरुवा/बढुवा गर्दा हुने पैसाकाे चलखेल शून्यमा झारिएकाे छ । अहिले तपाईँले गृह मन्त्रालयको कुनै अधिकारीले, प्रहरी कर्मचारीको कुनै अधिकारीले सरुवा गर्दा पैसा लियो भन्ने सुन्न पाउनुहुन्न । प्रहरी सङ्गठनलाई राजनीतिक हस्तक्षेपमुक्त गर्दै तत्काल काम गर्ने प्रक्रिया अघि बढाइएको छ ।’

उपप्रधानमन्त्री श्रेष्ठले अबको ५० वर्षपछि छानबिन गरेपनि आफ्नो कार्यकालमा प्रहरीको सरुवा, बढुवामा पैसाको चलखेल भएको नपाउने जिम्मेवारी पनि आफूले लिने बताउनुभयो । अहिले प्रहरी सङ्गठनले विना राजनीतिक हस्तक्षेप काम गर्ने वातावरण बनेको उहाँकाे भनाइ छ ।

अन्तिम अपडेट: जेठ ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया